सफल हुनु छ भने पाँच वानी त्याग्नु

आइतबार, ६ पौस २०८२

काठमाडौँ – गलत बानीको कारण साना साना काममा पनि सफलता सजिलैसँग पाइँदैन । जो व्यक्ति मान सम्मानसँगै ठूला ठूला प्रगति चाहन्छ भने उसले पाँच वानी तुरुन्तै त्याग्नुपर्छ । १) निन्द्रा २) थकान महसुस ३) रिस ४) डर र ५) बिस्तारै काम गर्ने बानी तुरुन्त छाड्नुपर्दछ ।

यदि कमिला लगातार हिँड्ने हो भने उ सैकडौँ टाढा जान सक्छ, तर नहिँड्ने गरुड एक कदम पनि अगाडि बढ्न सक्दैन । कुनैपनि काम केवल सोचेरमात्र पुरा हुँदैन, त्यसको लागि परिश्रम गर्नैपर्छ । जसरी सुतेको सिंहको मुखमा हरिण आफैँ आउँदैन । यसको लागि सिंहलाई नै परिश्रम गर्नुपर्दछ ।

जो व्यक्ति मान सम्मानसँगै सफलता चाहन्छ भने उसले निन्द्रा, थकान, रिस, डर र विस्तारै काम गर्ने बानी तुरुन्त छाड्नुपर्दछ । हर एक पलको उपयोग सिक्नको लागि एक एक पैसाको उपयोग त्यसलाई बचाएर राख्नमा गर्नू पर्दछ । किनकी समय बर्बाद गरेर विद्या प्राप्त हुँदैन र पैसा व्यर्थ खर्च गरेर धन कमाउन सकिँदैन ।

विद्वान हुनु र राजा हुनु दुबै अलग अलग कुरा हुन् । राजाको पूजा केवल उनको राज्यमा हुन्छ तर विद्वानको पूजा हरेक स्थानमा हुन्छ ।