काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म लागू निषेधाज्ञामा केही खुकुलो, के–के गर्न पाइन्छ, के पाइँदैन ?
काठमाडौं – काठमाडौं उपत्यकामा जेठ ३१ सम्म थप गरिएको निषेधाज्ञा आजबाट लागू भएको छ । बुधवार काठमाडौँ,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका थिए ।
वैशाख १६ बाट जारी निषेधाज्ञालाई जेठ १४ बाट थप कडा पारिए पनि अब जेठ १४ बाट उपत्यकामा बन्द गरिएको खाद्यान्न,किराना तथा डिपार्टमेन्ट स्टोर खोलेका छन् ।
आजबाट किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोलेका छन् । यस्तै सार्वजनिक निर्माणलाई खुल्ला गरिएको छ । सार्वजनिक निर्माण बन्द हुँदा सामग्री ढुवानीका सवारी–साधन पनि रोकिएका थिए ।
निर्माण सामग्री रातको समयमा मात्र ढुवानी गर्न पाइने छ । यस्तै वर्कसप पनि खुला गरिएको छ ।


