बागमती प्रदेशमा कोरोना निको हुने दर ८६ प्रतिशत

शुक्रबार, २१ जेष्ठ २०७८

काठमाडौं– बागमती प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकामध्ये करिव ८६ प्रतिशत निको भएका छन् । हालसम्म संक्रमण पुष्टि भएकामध्ये करिव ८६ प्रतिशत अर्थात २ लाख ५७ हजार ९ सय ३२ जना निको भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।

प्रदेशभर हालसम्ममा कुल १८ लाख २९ हजार ७ सय ५२ जनाको पिसिआर र एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा ३ लाख २ सय ९४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ११ जनामा कोरोना संक्रमण निको भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका प्रवक्ता डा. पुरुषोतम सेढाईले बताए ।