आज हवात्तै घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
काठमाण्डौ – नेपाली बजारमा सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ एकैदिन तोलामा पन्ध्र सय र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९३ हजार चार सय रुपैयाँ तोकेको छ । सुनको भाउ हिजो तोलाको ९४ हजार नौ सय रुपैयाँ थियो ।
यस्तै, चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँ घटेको छ । आज चाँदीको भाउ तोलाको १३ सय ४० रुपैयाँ तोकिएको छ । चाँदी हिजो तोलाको १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।