ओली सरकारले वातावरणीय चक्र खलबल्याएको देउवाको आरोप
काठमाडौँ – चुरे दोहनसम्बन्धी निर्णय गरेर ओली सरकारले वातावरणीय चक्र खलबल्याएको देउवाको आरोप
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले चुरेको गिट्टी, वालुवा र ढुंगा भारत निकासी (चुरे दोहनसम्बन्धी निर्णय) गरेर वातावरणीय चक्र खलबल्याएको आरोप लगाएका छन्। उनले चुरे दोहनसम्बन्धी निर्णय फिर्ता लिन सरकारसँग माग गरेका हुन्।
विश्व वातावरण दिवसको सन्दर्भ पारेर सभापति देउवाले शनिबार ट्वीटरमार्फत यस्तो माग गरेका हुन्।
पृथ्वीमा हरेक प्राणीले बाच्न पाउने अधिकार वातावरणको दिगो संरक्षले मात्रै सुनिश्चि हुने र वातावरण बचाउँन हरेकले पहल गर्नुपर्ने देउवाको भनाइ छ।
ट्वीटमार्फत देउवाले भनेका छन्, ‘पृथ्वीमा हरेक प्राणीले बाच्न पाउने अधिकार वातावरणको दिगो संरक्षणले मात्रै सुनिश्चित हुन्छ।हाम्रो वातावरण बचाउँन हरेकले पहल गरौ। तर सरकार हाम्रो चुरेको गिट्टी,वालुवा र ढुंगा भारत निकासी गरेर वातावरणीय चक्र खलबलाउँदैछ।यस्ता निर्णय फिर्ता लिऊ। विश्व वातावरण दिवसको शुभकामना।’
