काठमाडौंमा बोराभित्र शव भेटियो
काठमाडौं – बौद्धको टाउनप्लानिङ क्षेत्रमा बोराभित्र शव भेटिएको छ । मंगलबार बिहान स्थानीयले बोरामा शव देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।
स्थानीयले खबर गरेपछि प्रहरी वृत्त बौद्धको टोली घटनास्थलमा पुगेको छ ।
अनुसन्धानका लागि घटनास्थलमा तालिमप्राप्त कुकुर परिचालन गरिने एसपी बस्नेतले जानकारी दिएका छन् ।
हत्या गरेर शव फालेको हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।
अहिले कसको शव हो, घटना के हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।’
केहीबेरमा विस्तृत विवरण थाहा हुन्छ ।’