फेरि बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?
काठमाडौं – नेपाली बजारमा आज सुनको मूूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले बढेर प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ ।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत प्रतितोला ३०० रुपैयाँले बढेर ९३ हजार ६०० रुपैयाँ पुगेको छ ।
तर, यता चाँदीको मूल्य भने गत मंगलबारको मूल्य कायम हुँदै प्रतितोला एक हजार ३५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।