भारतमा दैनिक नयाँ संक्रमितको संख्या ६६ दिनयताकै सबैभन्दा कम

मंगलबार, २५ जेष्ठ २०७८

काठमाडौं – भारतमा दुई महिनाभन्दा लामो समयपछि कोरोना भाइरस (कोभिड–१९)का दैनिक संक्रमितको संख्या एक लाखभन्दा तल झरेको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८६ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । यो संख्या पछिल्लो ६६ दिनयताकै सबैभन्दा कम हो ।

यस्तै सो अवधिमा कोरोना संक्रमणबाट २ हजार १२३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ५१ हजार ३०९ पुगेको छ भने कुल संक्रमितको संख्या २ करोड ८९ लाख ९६ हजार नाघेको छ ।