भट्ट सरकार जोगियो, विश्वासको मत प्राप्त

मंगलबार, २५ जेष्ठ २०७८

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार जोगिएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् ।

प्रदेश सभाको आजको बैठकमा उनका पक्षमा ३० मत खसेको थियो । बैठकमा सभामुख अर्जुन शाहले उक्त मत प्रदेशसभामा तत्काल उपस्थित सदस्यको बहुमत भएको घोषणा गर्नुभयो । सभामा कुल ५२ सदस्य छन् ।

तीमध्ये पक्षमा ३० र विपक्षमा नौ मत खसेको थियो । उनले मतदान प्रक्रियामा सहभागी नहुने सदस्यको सङ्ख्या १२ रहेका बैठकमा जानकारी दिए । नेपाली कांग्रेस संसदीय दलले मुख्यमन्त्री भट्ट नेतृत्वकै सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।