कैलालीमा रेडपाण्डाको छालासहित युवक पक्राउ

मंगलबार, २५ जेष्ठ २०७८

काठमाडौँ – कैलालीमा रेडपाण्डाको छालासहित एक युवक पक्राउ परेका छन् । गोदावरी नगरपालिका–५ गेटा सामुदायिक वनबाट रेडपाण्डाको छालासहित बझाङको बित्थडचिर गाउँपालिका–५ का २३ वर्षीय अमर धामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले विशेष सूचनाका आधारमा संघीय प्रहरी इकाई कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले उनलाई सामुदायिक वन क्षेत्रबाट पक्राउ गरेको जानकारी दिए ।

धामीलाई आवश्यक कारबाहीका लागि सब वन डिभिजन कार्यालय अत्तरियामा बुझाइएको प्रहरी नायब उपरीक्षक बिष्टले बताए ।