तपाईको सफलताको बाधक को हो ?
काठमाडौं– सफलता भनेको सफल नहुनु मात्रै होइन, सफलता भनेको त आफुले संकल्प गरेका उदेश्यहरु हासिल गर्नु हो । सफलता भनेको लडाईमा विजय पाउनु मात्र होइन, सिङ्गो युद्ध जित्नु हो ।
१.तिम्रो सफलताको बाधक धन होइन, किनभने चार्ली च्याप्लीनदेखि लिएर मोजार्ट, रकेफेलर गरिब थिए ।
२. तिम्रो सफलताको बाधक विद्यालयी शिक्षा होइन, किनभने थोमस एडीसन, मेक्सिम गोर्की, एन्ड्रयु कारनेगी विद्यालय नै गएका थिएनन् ।
३. तिम्रो सफलताको बाधक परिवारको साथ नहुनु होइन, किनभने अब्दुल कलाम, हेनरिक इब्सन परिवाराट टाढीनुपरेको थियो ।
४. तिम्रो सफलताको बाधक शारीरिक असक्षमता होइन, स्टेफन हकिङ, होमर, जोन मिल्टन, झमक घिमीरे सबै अपांग थिए ।
५. तिम्रो सफलताको बाधक कसैको सहयोग नपाउनु होइन, किनभने वाल्ट डिज्नी, मेक्सिम गोर्की, क्रिष्टफोर कोलम्बसलाई सबैले सहयोग गर्न अस्विकार गरेका थिए ।
६. तिम्रो सफलताको बाधक बारम्बारको असफलता होइन एडिसन, अब्राहम लिंकन, क्युरी दम्पती अमिताभ बच्चन बारम्बार असफल भएका थिए ।
तपाईको सफलताको बाधक त तपाई स्वयं हो जसले अघि बढ्नुमा संघर्ष गर्नुमा बाहाना देखाउदछ । तपाईको असफलताको बाधक ततपाईको क्षिण सोचाइ हो, कायरता हो, अल्छी प्रवृत्ती हो, आत्मविश्वास नहुनु हो, सुरक्षा खोज्नु हो।तपाईको सिवाय यो ब्रह्माण्डमा तपाईको सपनालाई कुल्चन सक्ने कुनै दोश्रो ताकत छैन ।