सर्वोच्च अदालतले पुर्नवहाली गरेको प्रदेश सांसद थापालाई झट्का

बुधबार, २६ जेष्ठ २०७८

काठमाडौँ — सर्वोच्च अदालतबाट पुर्नवहाली भएका राष्ट्रिय जनमोर्चाबाट गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई झट्ुका लागेको छ । प्रदेश सभामा अदालतले दिएको अन्तरिम आदेश विरुद्ध पुनरावलोकन माग गर्दै निवेदन दर्ता भएपछि उनलाई झट्का लागेको हो ।

उक्त फैसलाविरुद्ध तीनवटा पुनरावलोकन निवेदन (भ्याकेट) दर्ता भएका छन् । थापाका विपक्षी राष्ट्रिय जनमोर्चा नेपाल, गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारी र गण्डकी प्रदेश सभा सचिवालय भ्याकेटको निवेदन लिएर सर्वोच्च पुगेको हो ।

सर्वोच्च अदालत स्रोतका अनुसार तीनवटै निवेदन दर्ता भएका छन् । ती निवेदनका लागि बिहीबार पेसी तोकिएको छ ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई पदमुक्त गर्ने निर्णयको कार्यान्यवन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

सांसद थापाले आफूलाई कानूनविपरीत कारबाही गरेको हुँदा पुनः बहाली गर्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । निवेदनमाथिको प्रारम्भिक सुनुवाइबाट ‘सुविधा र सन्तुलनमा क्षति पर्ने’ अन्तरिम आदेश जारी भएको थियो ।