बौद्ध घटनाले लियो नयाँ मोड
काठमाडौं – काठमाडौं महानगरपालिका–६ बौद्ध घटनाले नयाँमोड लिएको छ । नयाँबस्तीमा शव भेटिएको ठाउँ नजिकै मानव शरीरको अवशेष पनि फेला परेको छ ।
नयाँबस्थितस्थित नौ तलेमा मंगलबार मानव शरीरको दायाँ पैताला र केही हड्डी फेला परेको थियो । सो स्थान भन्दा ५ सय मिटर पर पोलिएको मानव शरीरको मासुको टुक्रा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए ।
प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । दायाँ पैताला र मासुका टुक्रा पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।
डीएनए परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालले प्रोफाइलिङ गर्ने बताइएको छ । शवको पहिचान र घटनास्थलको खोजीमा प्रहरी जुटेको छ ।