कांग्रेस पनि सरकारमा जाँदै, शपथ आजै, को-को बन्दैछन् मन्त्री ?

बुधबार, २६ जेष्ठ २०७८

काठमाडौँ – नेपली कांग्रेस पनि सरकारमा जाने भएको छ । जनता सामाजवादी पार्टीको महन्त ठाकुर पक्षका मन्त्रीहरुलाई हटाएर खाली रहेका तीन मन्त्रालयसहित कांग्रेस सरकारमा जाने भएको हो । यो खबर प्रदेश २ को हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा तथा खानेपानी र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय लिने गरी कांग्रेस सरकारमा जान लागेको हो ।

जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र नेपाली कांग्रेसबीच बुधबार सहमति भएपछि कांग्रेस सरकारमा जान लागेको सत्ता पक्षका वार्ता समिति सदस्य भूमि, व्यवस्था तथा कृषि मन्त्री शैलेन्द्र साहले जानकारी दिए ।

कांग्रेसबाट संसदीय दलको नेता रामसरोज यादवको नेतृत्वमा ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह सरकारमा जाने भएका छन् । यादवले भौतिक पूर्वाधार, शर्माले ऊर्जा र सिंहले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् ।

तीनै जना मन्त्रीले आजै सपथ लिने बुझिएको छ ।