मन्त्रिपरिषद् विस्तार, तीन नवनियुक्त मन्त्रीले लिए सपथ
काठमाडौं- प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
जसपाको उपेन्द्र यादव समूहका नेता राउत नेतृत्वको सरकारमा कांग्रेस सहभागी भएको छ । राउतले बुधबार साँझ नेपाली कांग्रेसका तीन प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्रीमा राम सरोज यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, ओम प्रकाश शर्मा खानेपानी तथा ऊर्जा विकास मन्त्रालय र विरेन्द्रप्रसाद सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय रहेका छन् ।
उनीहरूलाई बुधबार नै प्रदेश प्रमुख राजेश झा अहिराजले पद तथा गोपनीयताको शपथ गराएका छन् । जसपाका महन्थ समूहका चार मन्त्रीलाई बर्खास्त गरेर कांग्रेसलाई सरकारमा समेटिएको हो ।