चर्चित मोडल निशालाई के भयो यस्तो ? सार्वजनिक भयो दर्दनाक तस्विर

बिहिबार, २७ जेष्ठ २०७८

काठमाडौँ – कुनै बेलाकी चर्चित मोडेल निशा घिमिरे आजकाल मृत्युलाई कुरिरहेकी छिन् भन्दा जो  कोहीको मन भक्कानिन्छ । खाइलाग्दो जीउ र कलाल्मक प्रस्तुतीका कारण छोटो समयमा नै चर्चामा आउन सफल भएकी मोडेल घिमिरे सवारी दुर्घटना पछि यो अवस्थामा पुगेकी हुन् ।

२३ बर्षिय कलाकार घिमिरे २ वर्ष अघि कलाकारितामा डिप्लोमा अध्ययन गर्न भारत गएकी थिइन। आज निशालाई भैसीपाटीमा सानो टिनले बारेको घरमा नाजुक अवस्थामा देख्न सकिन्छ । उपचारका लागि आर्थिक अभाव हुँदा उनको यो अवस्था आएको हो ।

परिवारको आर्थिक अवस्था निकै कमजोर भएका कारण दुर्घघना पश्चात उपचार हुन नसक्दा उनको स्वास्थ्य अवस्था झन कमजोर बन्दै गएको हो ।