जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

शुक्रबार, २८ जेष्ठ २०७८

डोटी –डोटीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छ्न । जिल्लाको दीपायल सिलगढी नगरपालिका वडा नं ४ स्थित समुहगाड रेडियो नेपाल क्षेत्रीय प्रशारण नजिकै बिहान ४ बजेको समयमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगर बस्ने ५० बर्षिया चालक हुकुम शाह र उनकी भतिजी २६ बर्षिया देवी कुमारी शाह घाइते भएका थिए । दुबै जनालाई उपचारको लागि शैलेश्वरी अस्पतालमा लगिएको थियो । अस्पतालमा पुर्याएको केहि समयमै चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

घाइते देवी शाहको अहिले उपचार भइरहेको छ भने स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ । धनगढीबाट कुखुराका चल्ला बोकेर बाजुरा जाँदै गरेको सु.प.प्र.०१००च २६१५ नं. को जिप नगरपालिका(४ समुहगाडमास्थित रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र नजिक दुर्घटनामा परेकोजिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीका इन्चार्ज अशोक खड्काले जानकारी दिए ।

जिप सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको समेत प्रहरीले बताएको छ ।