पोखरामा डनहरुको भेला : मनाङ्गेको राजीनामा, गणेश लामा प्रहरीको फेला
पोखरा – निषेधाज्ञाको समयमा पोखरा डनहरुको भेला भएको छ । नेपाली काँग्रेसका काभ्रेली डन गणेश लामासहितका डनहरुको भेला पोखरामा भएको हो ।
युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दिपक मनाङ्गेसहित काँग्रेसका डनहरु भेला भएका हुन् । गण्डकी प्रदेश सरकारमा एक महिनामा दुई चोटि शपथ खाएका युवा तथा खेलकुद मन्त्री मनाङ्गेलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट अलग गराउन लामा पोखरा पुगेका हुन । यो मानेमा उनीहरुको भेला सफल भएको छ ।
लामा पोखरा आएको खवर पाएको प्रहरी राती नै स्थानीय होटल साँग्रिलाबाट पक्राउ गरेर बैदाम प्रहरी हिरासतमा राखेको छ । बरपिपल होेटलमा बसेका उनलाई मन्त्री खोज्दै गएको प्रहरी टोलीलाई दुव्यवहार गरेका थिए । पछि त्यहाँबाट भागेर होटल साँग्रीला पुगेका लामालाई प्रहरीले निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा पक्राउ परेको थियो ।
यसैबीच राती नै मन्त्री मनाङ्गेले प्रदेशसभा जोगाउन आफूले मन्त्रीबाट राजीनामा दिएको बताएका छन् । उनले मुख्यमन्त्री गुरुङ्गलाई विश्वासको मत नआउने देखिएपछि हुनसक्ने प्रदेशसभा विघटनको निर्णय रोक्न विपक्षी गठबन्धनलाई सहयोग गर्ने निर्णय गरेको बताउँदै यसबीच मन्त्री बन्ने मौका दिएकोमा मुख्यमन्त्रीलाई धन्यवादसमेत भनेका छन् ।
निषेधाज्ञा तोड्दै बिना पास पोखरा आएकाले आज कास्कीका सिडिओले उक्त टोलीको आवतजावत र बसाईबारे आवश्यक निर्णय गर्ने बताइएको छ ।