दिनदहाडै दाङमा गोली चल्यो, वली पक्राउ

शुक्रबार, २८ जेष्ठ २०७८

दाङ– दाङको तुल्सीपुरमा गोली चलेको छ । गोली चलाएको आरोपमाा एक युवक पक्राउ परेका छन् । कुलोको विषयमा भएको विवादमा उनले गोली चलाएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

गोली चलाएको आरोपमा तुल्सीपुर उपमहानगरपालिका ८ का पूर्णबहादुर वली पक्राउ परेका इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

प्रहरीले उनीसँग भएको पेस्तोल र ६ राउन्ड गोली पनि बरामद गरेको छ । वलीले चलाएको गोली कसैलाई लागेको छैन । उनले कसलाई गोली हान्न खोजेका हुन् भन्ने नखुलेको र अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।