सर्वोच्चको आदेशविरुद्ध मैदानमा उत्रियो नेकपा एमाले

शुक्रबार, २८ जेष्ठ २०७८

काठमाडौं– नेकपा एमाले सर्वोच्च अदालतको आदेशविरुद्ध मैदानमा उत्रिने भएको छ ।

सर्वोच्च अदाललते कर्णाली प्रदेश सभाका चार सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेपछि सत्तारुढ दल नेकपा एमालेले उक्त आदेशविरुद्ध भ्याकेटमा जाने तयारी गरेको छ।

एमाले नेता सुवास नेम्वाङले कर्णाली प्रदेश सभाका बारेमा सर्वोच्चले गरेको आदेशमाथि ‘भ्याकेट’ मा जाने बताए। ‘हामी प्रकृयालाई मान्छौं। हिजो कर्णालीबारेको आदेशमा सबै हिसाबले केही प्रश्नहरु छन्, त्यसलाई लिएर हामी प्रकृया बमोजिम अघि बढ्छौं,’ नेम्वाङले भने, ‘हाम्रो तर्फबाट भ्याकेटमा जान्छौं।’

अदालतको फैसलाई आफूहरुले सम्मान गर्ने र अनावश्यक दवाव नदिने उनले बताए। ‘अदालतको फैसला आफ्नो ठाउँमा हुन्छ, अदालतलाई हामी सम्मान गर्छौं। जतिसुकै यो कुरा बेठिक हो भन्ने लागेपनि अदालतको फैसलालाई मान्छौं। हामी अदालतलाई अनावश्यक दवाव पनि दिँदैनौं,’ उनले भने, ‘अदालतलाई पर्खिन्छौं, निर्णय सुन्छौं, निर्णयलाई कार्यान्वयन गर्छौं। कर्णालीको मामलामा पनि ठिक त्यही हो।’

अदालतको फैसलाले पार्टी एक हुनेरनहुने भन्ने नहुने नेम्वाङको भनाइ छ। पार्टी एक बनाउन आफूहरु लागि रहेको उनको दावी छ। ‘अदालतको फैसलाले कहाँबाट पार्टी एक हुने र नहुने हो  हामी लागिरहेका छौं’ नेम्वाङले भने, ‘पार्टी मिल्नुपर्छ, पार्टीलाई मिलाउनु पर्छ। सबै अफ्ट्याराहरुलाई चिर्दै पार्टीलाई मिलाउन हामी लाग्छौं।’