जनजागृति माविमा भर्ना खुल्यो, टोल अनुसारको भर्ना तालिका सार्वजनिक

शुक्रबार, २८ जेष्ठ २०७८

कालिकोट – कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर ८ मा रहेको श्री जनजागृति माध्यामिक विद्यालयले भर्ना खोलेको छ । आगामी शैक्षिक सत्रका लागि असार १ गतेदेखि १५ गतेसम्मका लागि भर्ना खोलेको हो ।

विद्यालयले भर्ना हुन आउनका लागि साविकको वडा अनुसारको समय तालिका सर्वाजनिक गरेको छ । भर्ना गर्ना विद्यालय रहेको साविकको वडा नम्बर ८ लाई असार १ गतेका लागि समय तोकेको छ । त्यस्तै, ४ नम्बर वडालाई २ गते, ७ नम्बर वडालाई ३ गते, ९ नम्बर वडालाई ४ गते समय तोकेको छ ।

कक्षा १ देखि १० सम्मका सबै विद्यार्थी र उनका अभिभावकलाई समयै भर्ना हुुन/गराउनका लागि अपिल गरेको छ । विद्यालयमा ९ सय भन्दा बढि विद्यार्थीहरु अध्ययनरत छन् । सरकारले असार १ गतेदेखि भर्ना गर्न निर्देशन दिएपछि देशभर असार १ गतेदेखि भर्ना कार्यक्रम सुरु गरिने भएको छ ।