पोखरीमा डुबेर ५ बालिकाको मृत्यु, २ बालिका बेपत्ता
धनुषा– धनुषामा पोखरीमा डुबेर एकैपटक पाँच बालिकाको मृत्यु भएको छ भने २ बालिका बेपत्ता भएका छन् ।
शुक्रबार दिउँसो धनुषाको मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको पोखरीमा डुबेरमा मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक (एसपी) प्रकाश रानाभाटले जानकारी दिए।
एसपी रानाभाटका अनुुसार घाँस काट्न गएका बालिकाहरु गर्मी भएपछि दिउँसो १२ः०० बजेको समयमा नजिकैको खेतमा माछा पालनका लागि बनाइएको पोखरीमा नुहाउन गएका थिए। नुहाउन गएका बालिकाहरुको पानीमा डुबेर मृत्यु भएको हो ।
स्थानीयवासी पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी र उतिम साह तेलीकी १२ वर्षीया छोरी ललिताको मृत्यु भएको प्रहरीले जनाएको छ।