यस्तो छ पछिल्लो २४ घण्टाको कोरोना अपडेट

शुक्रबार, २८ जेष्ठ २०७८

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ३७५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५९८ पीसीआर परीक्षणमा २७०९ जना र ५५८४ एन्टिजेन परीक्षणमा १०४१ जना गरी ३७५० जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ५२२५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख २० हजार ८१६ जना संक्रमणमुक्त भइसकेका छन् ।

पछिल्लो समय नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी हुन थालेपछि सक्रिय संक्रमितको संख्या घट्दै ७५ हजार २७५ पुगेको छ । यसमध्ये ६९ हजार ६८६ जना होम आइसोलेसन, ५ हजार ५८९ जना संस्थागत आइसोलेसन, १ हजार १८९ जना आईसीयूमा र ३६६ जना भेन्टिलेटरमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ६७ जनाको मृत्यु भएको छ । देशभर ८ हजार ३०५ जनाको मृत्यु भइसकेको छ ।