देउवा निवासमा कांग्रेस पदाधिकारीको बैठक बस्दै, यस्तो छ तयारी
काठमाडौं– नेपाली काँग्रेसको पदाधिकारी बैठक शनिवार बस्दैछ । बैठक दिउँसो २ बजे बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा बस्ने जनाइएको छ ।
बैठकमा आउँदो भदौमा गर्ने भनिएको १४ औं महाधिवेशन र वर्तमान राजनीतिक बिषयमा छलफल हुने बताइएको छ । महाधिवेशन गएको साल नै हुनुपर्ने भए पनि कोरोना महामारीका कारण अहिलेसम्म हुन सकेको छैन ।
आजको बैठकमा कोरोना संक्रमणको अवस्थामा कसरी महाधिवेशन गर्ने भन्ने बिषयमा केन्द्रीत रहेर छलफल हुने बताइएको छ । सभापति देउवाले भने भदौमा महाधिवेशन सम्पन्न गर्ने बताएका छन्