असहाय बृद्ध दम्पतीको घर बनाउँदै विप्लव (फोटो फिचर)
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीले बुटवलका बृद्ध/असहाय दम्पतीको घर बनाउन सुरु गरेको छ । नेकपाको भातृ संगठन युवा संगठन, रुपन्देहीलेले बृद्ध दम्पती गोपिलाल सापकोटा र मायादेविको घर बनाउन सुरु गरेको हो ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका १७ रानीगञ्जमा बस्ने बृद्ध/असहायको घर बनाउन लागेको हो । पार्टी नीति अनुसार जनश्रमदान अभियान अन्तरगत युवा संगठनले घर बनाउन लागेको हो ।
कार्यकर्तालाई उत्पादनसँग जोड्ने नीति लिएको नेकपाले जनपक्षिय कामहरु मार्फत जनताको मन जित्न थालेको छ ।




