गण्डकीमा नयाँ सरकारको निर्णय : पूर्व मुख्यमन्त्रीहरूलाई सेवा सुविधा गराइने

आइतबार, ३० जेष्ठ २०७८

काठमाडौँ – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डाकेको पहिलो मन्त्रिपरिषदको बैठकले विभिन्न निर्णय गरेको छ । शनिबार साँझमात्र मुख्यमन्त्रीमा नियुक्त भएपछि आइतबार विहान बोलाइएको मन्त्रिपरिषदको पहिलो बैठकले पूर्व मुख्यमन्त्रीहरूलाई सेवा सुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले संघको सुविधा समेत हरेर पूर्व मुख्यमन्त्रीको सुविधा तोक्ने भएको छ । त्यसैगरी सरकारको प्रवक्तामा विनाविभागीय मन्त्री कुमार खड्कालाई जिम्मेवारी तोकिएको छ । के कस्तो सुविद्या दिने भन्ने अहिले नै निर्णय भएको छैन । तर उहाँहरुको पदीय जिम्मेवारी अनुसारको उचित सम्मान हुनेगरी व्यवस्था गर्नुपर्छ’, प्रवक्ता कुमार खड्काले भने त्यसका लागि अब हामीले एउटा कार्यविधि बनाएर सेवा सुबिधा तोक्ने तयारी गर्ने छौं ।
प्रवक्ता खड्काले सरकारले छिट्टै नै विश्वासको मत लिने तयारी थालेको बताए । विश्वासको मत नलिइकन सरकारले महत्वपूर्ण कार्यहरु गर्दा प्रश्न समेत उठ्ने भएकाले सरकारले छिट्टै विश्वासको मत लिने उनले बताए । प्रवक्ता खड्काले निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका अर्थमन्त्रीको सल्लाहमा बजेट ल्याउने उनले बताए ।