घरघरमा माक्स र स्यानिटाइजर वितरण गर्दै युवा संगठन

सोमबार, ३१ जेष्ठ २०७८

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन युवा संगठन नेपालले ललितपुरले घर–घरमा माक्स, स्यानिटाइजर वितरण गरेको छ । जिल्लाको नटोल स्थित स्थानीय बस्तीमा युवा संगठनले माक्स तथा स्यानिटाइजर वितरण गरेको हो ।

युवा संगठन ललितपुर जिल्ला कमिटीको आयोजनामा पार्टी जिल्ला सेक्रेटरी रमेश डंगोलले स्वास्थ्य सामाग्री वितरण गरेका हुन् । स्वास्थ्य सचेतनासहित संगठनले माक्स तथा स्यानिटाइजर वितरण गरेको हो । यो कार्यक्रमले ३५ परिवार लाभाम्बित भएको युवा संगठनले जनाएको छ ।

कार्यक्रममा युवा संगठन नेपालका ललितपुर जिल्ला संयोजक सुदिप, पार्टी ललितपुर महानगर कमिटी इन्चार्ज बज्र, युवा संगठन नेपाल ललितपुर महानगर कमिटी अध्यक्ष रोशन मगारको उपस्थिति रहेको थियो ।

नेकपाको केन्द्रीय नीति अनुसार पार्टीका भातृ संगठनहरुले देशभर स्वास्थ्य सचेतना सहित विभिन्न स्वास्थ्य सामाग्री वितरण गर्दै आएरहेका छन् ।