जनमोर्चाका सांसद थापालाई झट्का, संधैका लागि गुम्यो सांसद पद

सोमबार, ३१ जेष्ठ २०७८

काठमाडौं – राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई नराम्रो झट्का लागेको छ । सर्वोच्च अदालतले सांसद थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निर्णयलाई सदर गरेपछि झट्का लागेको हो ।

सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले थापालाई उनको पार्टी राष्ट्रिय जनमोर्चाले गरेको निष्कासनको कारबाही कानुन बमोजिम नै रहेको ठहर गर्दै उनीमाथि गरेको कारबाही सदर गरेको हो ।

अब उनी जनमोर्चामै रही रहे संधैका लागि सांसद बन्नबाट बन्चित हुनेछन् । पार्टीको निर्णय अटेर गरेपछि पहिलो पटक कारवाही गर्दा अदालतले प्रक्रिया नपुगेको भन्दै पुर्नवाहाली गरेको थियो । पछि राष्ट्रिय जनमोर्चा र प्रदेशसभाले सार्वोच्च अदालतमा अन्तरिम आदेश बदर गरिदिन (भ्याकेन्ट) दर्ता गरेका थिए ।