यस्तो छ पछिल्लो २४ घण्टाको कोरोना अपडेट

सोमबार, ३१ जेष्ठ २०७८

काठमाडौँ – पछिल्लो २४ घन्टामा २९ सय१८ जना कोरोना संक्रमित थपिएका छन् भने ५ हजार १४७ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ५ लाख ३६ हजार १५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै विभिन्न प्रयोगशालामा परीक्षण गराएका १४ हजार ८१९ नमूनामध्ये २९ सय१८ जनामा संक्रमण देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप ५३ जनाको कोरोनाबाट मृत्यु भएको छ। यो सहित कोरोनाबाट निधन हुनेको संख्या ८ हजार ४६५ पुगेको छ।