देउवालाई सत्तामा भन्दा पार्टी महाधिवेशनमा ध्यान दिन पौडेलको आग्रह

सोमबार, ३१ जेष्ठ २०७८

काठमाडौं – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई सत्तामा भन्दा पार्टी महाधिवेशनमा ध्यान दिन आग्रह गरेका छन्।
१४ औं महाधिवेशनको सन्दर्भमा कांग्रेस जिल्ला सभापतिहरुको पहलमा सोमवार भएको भर्चुअल संवादमा उनले देउवालाई सरकार बनाउन भन्दा पार्टीकै महाधिवेशनमा केन्द्रित हुन भनेका हुन्।
सत्तालाई भन्दा व्यवस्थालाई ध्यान दिउँ। सत्तामामात्र ध्यान नदिउँ। पावरमा एकचोटि पुगेपछि उसको विर्ताजस्तो बनाए।थर्ड वर्ल्डमा यस्तो हुने रहेछ अधिवेशन गर्नैपर्छ। यो बाध्यता हो यो पनि गुजार्‍यो भने पार्टीको दर्ता खारेज हुन सक्छ। बेइज्जती हुन्छ। यसको विकल्प छैन पौडेलले भने जरीवाना तिरेर अपमान सहने तिर नलागौं। कोरोनाको बेला पदका लागि महाधिवेशन चाहियो भनेर आरोप लगाउनेहरु पनि देखिन्छन्। यस्तो मान्छे पार्टीमा कसले जन्मायो
उनले महाधिवेशन गर्न नेतृत्वले ध्यान नदिएकाले नै पार्टी अहिले विचित्रको अवस्थामा आइपुगेको बताए।
कांग्रेसले भदौ १६ देखि १९ सम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरेको छ।