खातामा किन आएन नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयर, कहिले आउँछ खातामा ?
काठमाडौँ – बार्षिक साधारणसभा गरेको ४ महिना वितिसक्दा पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनील पारित गरेको बोनस सेयर खातामा आएको छैन् । कम्पनीको सेयर टुक्र्उन समय लागेकाले बोनस खातामा नआएको बताएको छ ।
अबको २० दिनमा नेपाल लाइफको बोनस सेयर खातामा आउने कम्पनीले जनाएको छ । नेपाल लाइफको शेयर टुक्राउने कार्यले गर्दा बोनस शेयर बितरणमा ढिलाइ भएको कम्पनीका सूचना अधिकृत दिगबिजय सिङगालले बताए । उनले अबको १५ दिनमा त्यो काम सकिने र त्यस लगतै बोनस शेयर वितरण गरिने बताए ।
नेपाल लाइफ इन्स्योरेन्सले माघको अन्तिम साता २० औं वार्षिक साधारणसभा सम्पन्न गरेको थियो । उक्त वार्षिक साधारणसभाले ३१ प्रतिशत बोनस लाभांश र २० प्रतिशत नगद (कर सहित) लाभांश पारित गरेको थियो ।