फेरी आउदैँछ अर्को आईपीओ

मंगलबार, १ असार २०७८

काठमाडौं– जीवन विकास लघुवित्तले १९ लाख ७७ हजार ३०० कित्ता शेयर निष्कासन गर्ने नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

संस्थाले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्नेछ।्

जीवन विकास लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ।