मेलम्ची र ईन्द्रावतीको भीषण बाढीले ५० बढी बेपत्ता,आसपासका बजार डुबानमा
काठमाडौं– सिन्धुपाल्चोकको मेलम्ची र ईन्द्रावती नदीमा आएको भीषण बाढीले धनजनको ठूलो क्षति गरेको छ।
बाढीमा ५० औँ जना बेपत्ता भए पनि संख्या स्पष्ट हुन नसकेको बताइएको। मेलम्ची नदीको बाढीले मेलम्ची खानेपानीको ड्याम भत्काएको छ भने तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतबिक्षत बनाएको छ। यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल पूर्ण रुपमा बगाएको छ।
नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएको सिन्धुपाल्चोकका सांसद तथा स्वास्थ्यमन्त्री शेबहादुर तामाङले जानकारी दिए। प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुटन पनि उनले अपिल गरेका छन्गर। क्षतिग्रस्त बस्तीमा सरकारले आजै टेण्ट र खाद्यन्न पुर्याइने मन्त्री तामाङले बताए।