सभामुख सापकोटा बाढी प्रभावित क्षेत्र मेलम्ची जाँदै

बुधबार, २ असार २०७८

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटा बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमनका लागि मेलम्ची जाने भएका छन् । हिजो दिनभर परेको अविरल बर्षपछि आएको बाढीले अति प्रभावित सिन्धुपाल्चोक मेलम्ची जाने भएका हुन् ।

उनी स्थलमार्ग हुँदै सिन्धुपाल्चोक जान लागेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

यसैगरी स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ पनि सिन्धुपाल्चोक जाँदैछन् ।