मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने तयारी
काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ४ असारमा विश्वासको मत लिने तयारी गरेका छन्।
विश्वासको मत लिनका लािग मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश सभामा प्रस्ताव दर्ता गराएका छन्। मंगलबार प्रदेश सभामा विश्वासको मतको प्रस्ताव दर्ता भएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी जितेन्द्र जंग केसीले बताए।
प्रदेश सभामा प्रस्ताव दर्ता भएको ४८ घण्टापछि प्रदेश सभा बैठकमा पेश हुने व्यवस्था छ। मुख्यमन्त्री पोखरेलले ४ असारमा विश्वासको मत लिने तयारी गरेको उनको सचिवालयले जनाएको छ। उनी जेठ २८ गते साँझ मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनी संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन्। यस धारा अनुसार नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।