कसरी हुन्छ सकारात्मक सोचको विकास ?
काठमाडौं–कुनै पनि अवस्थाप्रति धेरै दुखि र चिन्तित नभै त्यसलाइ सहज बनाएर मनमा लिनुलाई सकारातमक सोच भन्ने वुझिन्छ । मानिस यस्तो प्राणी हो जसको वास्तविक पहिचान उसको विचारबाट हुन्छ । मानिसले जस्तो सोच्दछ, ऊ त्यस्तै बन्दछ । त्यसैले असल मानिस हुन हरेक व्यक्तिले सकारात्मक सोच राख्नुपर्दछ ।
त्यसैले हाम्रो मनमा हरपल सकारात्मक सोचाई मात्र ल्याउनु पर्दछ । सकारात्मक सोचाईको प्रतिफल पनि सकारात्मक नै हुन्छ । जसरी एकपटक बाण तिरबाट छुटेपछि त्यसलाई फर्काउन सकिदैन त्यसरी नै हामीले बोलेको प्रत्येक विचारले हाम्रो जीवनमा धेरै प्रभाब पार्ने गर्छ । सकारात्मक सोचको शक्ति उल्लेखनीय छ। वास्तवमा, सकारात्मक सोचले तपाइको जीवन परिवर्तन गर्न सक्छ ।
यदि तपाईंले आफुलाई म राम्रो गर्न सक्छु, म हरेक कुरामा सफलता हासिल गर्न सक्छु भनेर सोच्नु भयो भने तपाइको जीवन छिटै नै राम्रो दिशातिर मोडिन सक्छ। के तपाईहरुलाइ थाहा छ कि सफल, खुसि र सकारात्मक व्यक्तिहरु दिन भरि के सोचेर बस्ने गर्छन। उनीहरुले बिहानै उठ्दा के सोचेर आफ्नो खाटबाट निस्कने गर्छन होला ?
उनीहरु स्वस्थ, खुशी व्यक्तिहरू आजको दिन कसरि उपयोगी बनाउने भनेर सोच्दछन र कसरि सफलता हासिल गर्ने भनेर प्राय जस्तो सोच्ने गर्दछन। यसरी सकारात्मक दृष्टिकोणको विकासले तपाईंको सम्पूर्ण जीवनलाई सच्चाइमा परिवर्तन गर्न सक्दछ।
एलोन मस्क एक सकारात्मक सोच राख्ने व्यक्ति हुन् र एक सफल बिजनेस मानिस हुन्। उनि भन्ने गर्छन कि हरेक साधारण मानिस, असाधारण मानिस बन्न सक्छ।यसका लागि बस तपाइले सकारात्मक सोच राख्नु पर्ने हुन्छ। सकारात्मक सोचका लागि केही प्रक्रियाहरू सुझाइएका छन् । सर्वप्रथम त म सकारात्मक छु, अथवा आजैबाट म सकारात्मक हुन्छुबाट सुरु गरौँ । हरेक दिन बिहान सकारात्मक सोचाइबाट दिनको सुरुवात गरौँ ।
अरूलाई कृतज्ञता र धन्यवाद व्यक्त गर्ने, दानी बन्ने, श्वास नियन्त्रण गर्ने, सकारात्क कल्पना गर्ने र ध्यान गर्ने जस्ता केही उपायहरू सकारात्मक सोचका आधारभूत तत्वहरु भनिएका छन् । यस्ता कुरा पढ्नेभन्दा अनुसरण गर्ने गरौँ । जहिले पनि आफूले अरूबाट खुसी या केही सामान पायाँ भने त्यो खुसी वा सामान दिने व्यक्तिलाई धन्यवाद व्यक्त गर्नुपर्छ, यसले मनमा नराम्रो सोचहरु प्रकट हुन दिँदैन । बरु मनमा मायाको भावनाहरु प्रकट हुन दिन्छ ।
जहिले पनि बिहान उठ्ने बित्तिकै जीवनमा आफूले पाएको खुशीहरुको लागि संसारप्रति आभारी हुँदै धन्यवाद व्यक्त गर्ने गर्नु उचित हुन्छ । आफू जन्मेको स्थान, समाज देश र बाँचेको धर्ती र वातावरणप्रति सधैँ कृतज्ञ र खुसी हुन सिकौँ । असम्भावना केहि छैन, म गर्न सक्छु भनेर सकारात्मक सोच राख्न सक्नु चाही पर्छ। सकारात्मक सोच नै तपाइको सफलताको पहिलो खुड्किलो पनि हो।
सकारात्मक सोच राख्न सकारात्मक हुन हामीले निम्न कुरामा ध्यान दिन सक्छौ।
– स्वास्थ्यमा ध्यान दिने । नियमित व्यायाम गर्ने । विहानको चिसो हावामा हिड्ने आदि ।
– विहानको समयमा एक घण्टा व्यवसाय, नोकरी अन्य कुनै पनि कुराको बारेमा नसोच्ने ।अर्थात दिमागलाई शान्त बनाउने ।
– खानपानमा ध्यान दिने । ज्यादै धेरै र ज्यादा कम भन्दा पटक पटक थोरै खाईरहने । पानीको मात्रा मिलाएर पिउने ।
– स–साना काम गर्दा पनि त्यो कामसँग आनन्द लिने ।
– कसैको इष्र्या र डाहा नगर्ने ।
– आफ्नो काममा नै मस्त हुने ।
– बढि महत्वकांक्षी नहुने ।
– आफ्नो क्षमताको आधारमा बाँच्न सिक्ने।
– देखासिखिमा आफ्ना आवश्यकता नबढाउने ।