दुःख भगाउने गौतम बुद्धका उपदेशहरु
काठमाडौं– मनुष्य जातिको इतिहासमा गौतम बुद्ध जस्तो महिमापूर्ण नाम दोश्रो छैन । बुद्धको धर्म बुद्धिको धर्म हो । बुद्ध इतिहासका सबैभन्दा महान व्यक्ति मध्य एक हुन, जसले बौद्ध धर्मको रुपमा मानवतालाई अमूल्य सन्देश दिएर गएका छ । उनलाई भगवान मान्दै ५० करोड भन्दा पनि बढि ब्यक्तिहरुले बौद्ध धर्म मान्दै आईरहेका छन् ।
उनै गौतम बुद्धका उपदेशलाई तपाईँ हामीले अनुशरण मात्र गरेपनि जीवनमा ठूला परिवतर्न आउन सक्नेछ ।
१. संसार दुःखले भरिएको छ, यी दुःखका मुख्यकारण हाम्रा इच्छाहरु हुन्। हामीले हाम्रा इच्छाहरुलाई नियन्त्रण गर्न सकेमा दुःखलाई नाश गर्न सकिन्छ ।
२. यदि तपाईँको एउटा इच्छा पुरा भयो भने तुरुन्त अर्को इच्छा जन्मिनेछ ।
३. क्रोधलाई पालेर राख्नु भनेको तातो कोईलालाई पक्रेर राख्नु र अरु कुनै स्थानमा फ्याक्ने मनसायले राख्नु समान हुन्छ । यसले तपाईँलाई नै जलाउने छ ।
४. सत्यको मार्गमा चल्ने कुनै पनि ब्यक्ति दुईवटा मात्र गल्ति गर्न सक्छन्९ पुरा बाटो नहिड्नु या सुरुवात नै नगर्नु ।
५. स्वस्थ स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो, विश्वास सबै भन्दा राम्रो सम्बन्ध हो भने सन्तोष सबैभन्दा ठूलो धन हो ।
६. आफ्नो काम पुरा गर्नका लागि कहिल्यै पनि अरुमा निर्भर नहुनुहोस् ।
७. वितेको समयका बारेमा ध्यान नदिनुहोस्, भविष्यको बारेमा नसोच्नुहोस्, आफ्नो मनलाई वर्तमान समयमा केन्द्रित गर्नुहोस् ।
८.कहिले पनि कुनै पनि ब्यक्तिको दुःखको कारण नबन्नुहोस् ।
९. जो ब्यक्ति आफ्नो रिसलाई नियन्त्रण गर्न सक्दछ, उसलाई कहिले पनि दुःख हुदैन ।
१०. यदि कोही ब्यक्ति आफ्नो कमजोरी देखाउने ब्यक्तिलाई लाई धन दौलत देखाउने ब्यक्ति जस्तै सम्झन्छ, र राम्रो संगतमा रहन्छ भने त्यस्तो ब्यक्तिलाई सधैँ सुख मिलिरहन्छ ।
११. हामीले गरेका गल्तीहरुको सजाय तुरुन्त नमिल्न सक्छ तर समयको साथ साथै कुनै न कुनै दिन अवश्य पनि सजाय मिल्दछ ।
१२. हजारौँ शब्दहरुको मन्थनबाट एउटा राम्रो शब्द निस्कन्छ जसले शान्ति ल्याउँदछ ।
१३. म यो कहिले पनि देख्दिन की के गरियो, म केवल यो मात्र जान्दछु कि के गर्न बाँकी छ ।
१४. शरीरलाई स्वस्थ राख्नु हाम्रो महत्वपूर्ण दायित्व हो, यदि यसो गरिएन भने हामी आफ्नो मनलाई बलियो बनाउन सक्दैनौँ ।
१५. शान्तिप्रिय ब्यक्ति आनन्दको जीवन बिताउँदछन्, उनीहरुलाई जीत र हारको कुनै प्रबाह हुँदैन ।
१६. जो ब्यक्ति बोल्छन् अनि आफ्नो काम गर्दछन्, त्यस्ता ब्यक्ति दुःखबाट टाढै रहन्छन् ।
१७. जसरी हावाले पहाडलाई हल्लाउन सक्दैन, त्यसरी नै तारिफ या आलोचनाले महान ब्यक्तिहरुलाई केही फरक पार्न सक्दैन ।
१८. एक हजार वर्षसम्म विना ध्यानको साधना गर्नुभन्दा जीवनमा एक दिन समझदारीसँग जीउनु उपयूक्त मानिन्छ ।