यस्ता कारण देखाउँदै माओवादी केन्द्रको दर्ता खारेज गर्न दिए निवेदन
काठमाडौं – नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरूले निर्वाचन आयोगमा निवेदन दिएका छन् । आज आयोगको कार्यालय पुगेर पूर्वमाओवादी नेता लीलबहादुर थापासहितका नेताहरूले निवेदन माओवादी केन्द्र अवैधानिक भएको भन्दै खारेजीको माग गर्दै निवेदन दिएका हुन् ।
लामो समय अधिवेशन नगरेको भन्दै माओवादी केन्द्र अवैधानिक रहेको दावीसहित रामबहादुर थापा ‘बादल’ समूहका लीलाबहादुर थापा, दिनेश पन्थी, रामचन्द्र मण्डल, गिरिधरी न्यौपानेलगायतका नेता आयोग पुगेका हुन् ।
माओवादी केन्द्रको महाधिवेशन नभएको र एकीकृत माओवादीको नामबाट क्रियाशील पार्टी कसरी माओवादी केन्द्र बन्यो रु जस्ता प्रश्नहरु उनीहरूले उठाएका छन् ।
माओवादी केन्द्रले आफूहरूलाई गरेको कारवाही पनि अवैध भएको उनीहरूको दावी छ ।
माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, लिलाबहादुर थापा, रामचन्द्र मण्डल, दधिराम न्यौपानेलगायतले माओवादी केन्द्र खारेजीको माग गरेका हुन् ।
अहिले एमाले भएका पूर्वमाओवादीका नेताहरुले माओवादी केन्द्र असंवैधानिक रुपमा चलेको भन्दै आयोगमा निवेदन दिन लागेको बताएका छन् । उनीहरुले माओवादी केन्द्र अवैधानिक भएकाले आफूहरुलाई गरेको कारबाहीको कुनै अर्थ नभएको पनि बताएका छन् । ‘