गाडीभित्र सम्पर्क गर्नेको पहिचान खुल्यो, यसरी भएको रहेछ सहमती
काठमाडौँ – महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र सम्पर्क गर्नेहरुको पहिचान खुलेको छ । उनीहरुमध्ये १ जना महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका ड्राइभर हुन् भने दुई जना सिभिल हुन् ।
यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा पक्राउ परेका तीनैजना थप दुई दिन हिरासतमै बस्ने भएका छन् । उनीहरूलाई आइतबार जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पेस गरिने प्रहरी स्रोतले जनाएको छ ।
गत बुधबार राति मन्त्रालयको प्रदेश ३–०१–००२ झ ५०५२ नम्बरको गाडीबाट एक महिला र दुई पुरुष पक्राउ परेका थिए । सूर्यविनायक नगरपालिका ७ घ्याम्पेडाँडाको जंगलमा गाडीभित्रै यौन क्रियाकलाप गरिरहँदा गस्तीमा आएको प्रहरीले उनीहरूलाई निर्वस्त्र अवस्थामा रंगेहात समातेको थियो ।
स्रोतका अनुसार पक्राउ परेका दुई पुरुष र महिला अपरिचित हुन् । मन्त्रालयको गाडी लिएर भक्तपुरतर्फ गइरहेका दुई पुरुषले सल्लाघारीमा गाडी कुरेर बसेकी अपरिचित महिलालाई लिफ्ट दिएका थिए । महिला चढेपछि गाडीभित्रै उनीहरूबीच सहमति भएर घ्याम्पेडाँडाको जंगलतिर लागेको स्रोतको भनाइ छ ।
उनीहरुबीचको त्रिपक्षीय शारीरिक सम्बन्ध जबरजस्तीमा नभइ सहमतिमा नै भएको घटनाका अनुसन्धान अधिकृत एक प्रहरी जानकारी दिए । प्रहरी अधिकृतले भने, ‘अहिले अनुसन्धान भइरहेको छ । महिलाले तीनैजनाको सहमतिमै घ्याम्पेडाँडा गएको बयान दिएकी छिन् । तर उनले केही बयान फेरिरहेकी छन् । हामी अहिले अनुसन्धानमै छौं ।’
पक्राउ परेका दुई पुरुषमध्ये एक मन्त्रालयकै कर्मचारी (ड्राइभर) हुन् । अर्का पुरुष भने सरकारी कर्मचारी होइनन् । पक्राउ पर्नेमा महिला मन्त्रालयका गाडी चालक सिन्धुपाल्चोक पाङ्ग्रेटार घर भई भक्तपुर बस्ने ४१ वर्षीय जितबहादुर खत्री, सुनकोशी गाउँपालिका–६ का ३८ वर्षीय शम्भु कार्की र दोलखाकी २१ वर्षीया महिला छन्।
महिला र खत्री गाडीभित्रबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ। खत्री र कार्की नातेदार रहेको हुन् । उनीहरुविरुद्ध मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १२३ सार्वजनिक स्थानमा यौन क्रिया गर्न नहुने महल अन्तरगतको कसुरमा कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ।