एमाले एकता घोषणा हुनै लागेका बेला कोटेश्वरमा प्रचण्डको इन्ट्री, रचिदैँछ यस्तो षडयन्त्र !

शनिबार, २६ असार २०७८

काठमाडौँ – नेकपा एमाले एकता घोषणाको पूर्वसन्ध्यामा नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिच भेटवार्ता भइरहेको छ। दाहाल–नेपाल बीच शंकास्पद भेट भएपछि एमाले एकता भाडिने संकेत देखिएको छ ।

साढे ११ बजेदेखि कोटेश्वरस्थित माधव कुमार नेपालको निवासमा भेटवार्ता सुरु भएको स्रोतले जनाएको छ। एमाले कार्यदलले आज एकता सम्झौता गर्ने तयारी गरेका बेला नेपाल र प्रचण्डबीच छलफल जारी छ।

एमाले एकताका लागि नेपाल र ओलीपक्षका नेताहरुको कार्यदलले सहमतिको प्रारुप लगभग तयार भएको अन्तिम चरणमा पुगेको बताइरहेको बेला नेपाल र दाहालबिच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।