प्रचण्डको प्रस्तावमा माधव नेपालले जनाए सहमती, अब के हुन्छ ?
काठमाडाँै – नेकपा एमालेको वार्ता कार्यदलले सहमतिको मस्यौदा तयार पारेको भोलिपल्ट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माधव नेपालसँग भेट गरेका छन् । एमाले एकता भाड्न खोजेको भन्दैँ नेताहरुले उक्त भेटप्रति असन्तुष्टि पोखेका छन् ।
बिहान साढे ११ बजे नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले एमाले एकताको विषयमा चासो राखेका हुन् ।
एमाले कार्यदलले तयार पारेको मस्यौदा आज सार्वजनिक गरिने तय भएको छ । त्यसअघि अध्यक्ष केपी शर्मा अोली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पुनः वार्ता गराउने प्रयास भइरहेको छ ।
तर नेपाल भने ओलीसँग सर्वोच्च अदालतको फैसलाअघि वार्ता र सहमतिको पक्षमा नरहेको बताइएको छ ।
अध्यक्ष प्रचण्डले नेता नेपालसँग अोलीसँग मिल्न लागेको विषयमा पनि चासो राखेको स्रोतले जनाएको छ । विपक्षी गठबन्धनको पछिल्लो बैठक समेत माधव नेपाल सहभागी भएपछिमात्र बस्ने भनेर रोकिएको छ ।
बरिष्ठ नेता नेपालले ओलीसँग मिल्न पार्टीमा सांगठानिक र राजनीतिक निर्णय गर्दा आफ्नो पनि ओलीसरह हस्ताक्षर चल्ने गरि पावर शेयरिङ हुनुपर्ने शर्त राखेका छन् । त्यसमा भने कार्यदलले केही गर्न सकेको छैन ।
स्रोतका अनुसार प्रचण्डको प्रस्ताव नेपालले स्वीकार गरेको बताईएको छ ।
सर्वोच्चको मुद्धामा ओलीसँग नमिल्न प्रचण्डले राखेको प्रस्ताव नेपालले स्वीकार गरेका स्रोतले बतायो । नेपालले आफू सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरि कुनै पनि सम्झौता गर्ने पक्षमा नरहेको भन्दैँ प्रचण्डलाई आश्वासन दिएका छन् ।