के साँच्चै आँचल शर्मा गर्भवती भएकी हुन् ?

आइतबार, २७ असार २०७८

काठमाडौं – नायिका आँचल शर्माले अन्तः मुख खोलेकी छिन् । उनले आफ्नोबारेमा आएका समाचारहरुको खण्डन गर्दै स्पष्ट पारेकी हुन् ।

उनले सामाजिक सञ्जालमार्फत समाचार गलत भएको र यस्ता गलत समाचारबाट आफ्ना प्रशंसकलाई टाढै रहन पनि आग्रह गरेकी छिन् । उनले उक्त गलत समाचारको स्क्रिन सर्ट र टिकटकमा आएको गलत खबर पोस्ट गर्दै गलत भएको बताएकी छिन् ।

आँचल लेख्छिन्, “पछिल्लो समय म गर्भवती भएको भन्ने समाचारहरु फैलिरहेको छ । गलत समाचारले क्षणिक रुपमा प्रचार त पाउँछ तर अन्त्यमा यो गलत सावित नै हुन्छ । म यहाँमार्फत मेरा प्रशंसकहरुका लागि भए पनि यो खुशीको खबरका लागि अझै केही वर्ष कुर्नुपर्ने जानकारी गराउँन चाहन्छु ।”

साथै उनले यो खुशीको खबर आफ्ना प्रशंसकहरुलाई उनी आफैंले पहिला सुनाउने बताउँदै यस्ता गलत समाचारहरुबाट टाढै रहन पनि आग्रह गरेकी छिन् ।