बाबुराम भट्टराईलाई आपत !

आइतबार, २७ असार २०७८

काठमाडौं – जनता समाजवादी पार्टीका संघिय परिषद् अध्यक्ष बाबुराम भट्टराई लगायत बैकल्पिक शक्ति निर्माणका अभियान्तलाई झट्का लागेको छ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीचको एकता खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएपछि उनीहरु तनावमा छन् ।

ठूला राजनीतिक दलहरुको चेपुवामा परेर अपमानित भइरहेका मद्येसवादी दलहरुलाई यो निवेदनले तनाव दिएको हो । तत्कालिन राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष राजकुमार थापाले पार्टी एकता प्रारम्भदेखि नै त्रुटिपूर्ण, कपटपूर्ण र मौजुदा संविधान ऐन, कानुन विपरीत भएकोले उक्त एकीकरण उत्प्रेषणको आदेशले बदर गर्न माग गरेका हुन् ।

रिटमा यो मुद्दा टुंगो नलागेसम्म जसपाको राजनीतिक क्रियाकलाप, सदस्य हेरफेर, कार्यविभाजन, कारवाही आदिलाई यथास्थितिमा राख्न अन्तरिम आदेश पनि माग गरिएको छ । पार्टी एकाताका बेलादेखि नै असमति जनाउँदै आएका थापाले अन्तः अदालतमा मुद्धा दायर गरेका हुन् ।

बाबुराम भट्टराई नयाँ शक्ति निर्माण गर्ने भन्दै माओवादीको मुलधारबाट अलग भएदेखि यस्तै धेरै हण्डर ठक्कर खाँदै आएका छन् । नयाँ शक्ति पार्टीले उल्लेख्य काम गर्न नसकेपछि र जनताको पनि साथ नपाएपछि उनी उपेन्द्र यादवको मद्येशी जनअधिकार फोरमसँग पार्टी एकता गरेका थिए ।

पछि प्रधानमन्त्री केपी शर्मा ओलीले दल फुटाउने सम्बन्धी अध्यादेश ल्याएर कानुन खुकुलो बनाएपछि राता राता दुई पार्टी एक भएका थिए ।