कार्यदल बैठकबाट विष्णु पौडेल निस्किए, के भयो सहमति ?

आइतबार, २७ असार २०७८

काठमाडौँ – सिंहदरबारमा बसेको एमाले विवाद समाधान कार्य दलको बैठकबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल बाहिरिएका छन् । दिउसोदेखि बसेको बैठकमा सहमति नजिक पुगेको बताउँदै उनी बैठक स्थलबाट निस्किएका हुन् ।

कार्यदल बैठकको प्रगतिबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा उनी मौन रहे । अन्य कार्यक्रममा जान लागेको बताउँदै उनी सिंहदरबारबाट निस्किएका हुन् । कार्यदलले सहमतिको खाका तयार गरेर पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालको हस्ताक्षर गराउने प्रयास सफल हुन सकेको छैन ।

कार्यदलले तीन दिन अघिदेखिको सो प्रयास गर्दै आइरहेको छ । आइतबार ओलीले स्थायी समिति बैठक बोलाएका थिए । नेपाल पक्षले विना सरसल्लाह बैठक बोलाएको भन्दै बहिष्कार गरेपछि सो बैठक नै अन्योलमा परेको छ ।