फेरी घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

सोमबार, २८ असार २०७८

काठमाडौं – नेपाली बजारमा आज (सोमबार) सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सय रुपैयाले घटेर प्रतितोला ९२ हजार २ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोलाको ९२ हजार ४ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रहेको छ यस्तै आज चाँदीको मूल्य पनि घटेको छ।

आज चाँदीको मूल्य तोलामा ५ रुपैँयाले घटेर प्रतितोला १३१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।