सर्वोच्चले लोकतन्त्र, न्याय र विधिको शासनलाई बचायो: देउवा
काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले लोकतन्त्र, न्याय र विधिको शासनलाई बचाएको बताएका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरेपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै देउवाले भने, निष्पक्ष र धम्कीसँग नडराउने अदालतले लोकतन्त्र, न्याय र विधिको शासनलाई बचाएको छ ।
फैसलापछिको अवस्थाबारे छलफल गर्न देउवाले गठबन्धनको बैठक बोलाएका छन् । यही बैठकमा सबै विषयमा छलफल गर्ने देउवाले बताए । सर्वोच्च अदालतले देउवाले पेस गरेको दाबी अनुरुप मगलबार साँझ पाँच बजेसम्म प्रधानमन्त्रीमा नियुक्त गर्न पनि परमादेश जारी गरेको छ ।