ओलीले देशवासीको नाममा सम्बोधन गर्दै, आजै राजीनामा दिन्छन् ?

मंगलबार, २९ असार २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् ।

मंगलबार दिउँसो २ बजे ओलीले सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

सर्वोच्च अदालतले सोमबार संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो ।

उनले आजै पदबाट राजीनामा दिन सक्ने अनुमान गरिएको छ ।