नवनियुक्त प्रधानमन्त्री देउवाले बोलाए पहिलो मन्त्रिपरिषद् बैठक, राष्ट्रपति यस्तो सिफारिस गर्ने तयारी

बुधबार, ३० असार २०७८

काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । देउवाले सिंहदरबारमा दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको हो । सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेसँगै प्रधानमन्त्री बनेका देउवाले संसद अधिवेशन आह्वानका लागि सिफारिस गर्न बैठक बोलाएको हो ।

मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधिसभाको अधिवेशन आह्वानका लागि सिफारिस गर्नेछ । सोही सिफारिसको आधारमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाको बैठक बोलाउने छन्।