माधव नेपालको यस्तो निर्णयपछि देउवा खुसीले गदगद, ओली तनावमा

बिहिबार, ३१ असार २०७८

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बचाउन सवै काम गर्ने प्रतिवद्धता जनाएका छन् । आफूलाई भेट्न निवामै आएका प्रधानमन्त्री देउवालाई माधवले एमाले आफ्नो प्राथमिकताभित्र नरहेको भन्दै यस्तो प्रतिवद्धता जनाएका हुुन ।

माधव समुहकै हस्ताक्षरका कारण संबिधानमा परमादेश धारा थप भई प्रधानमन्त्री बन्नुभएका देउवा दोस्रो दिन नै नेपाल निवास कोटेश्वर पुग्नुेका थिए । बैठकपछि नेपाल र देउवाले भेटमा भएको बिषयबारे केही बोलेनन् । तर नेपाल निकट नेता विरोध खतिवडाले देउवा सरकार बचाउने निर्णय माधवले सुनाएको खुलासा गरे ।

‘हामीले सर्वोच्च अदालतमा रिट हालेकै संसदलाई पूरा अवधि टिकाउनका लागि हो, अब के गर्छौं भनेर हामीले भन्नैपरेन, कुरा स्पष्टै छ त,’ खतिवडाले भने । उनको भनाईले देउवा सरकारलाई बिश्वासको मत दिने माधवको निर्णयलाई प्रष्ट पारेको छ । माधवको यो कुरा सुनेर सरकार टिक्ने भन्दै देउवाले आफू निकटसँग खुसीको कुरा सुनाएका छन् ।

बैठकपछि निवास फर्किएर प्रधानमन्त्री देउवाले साँझ नै नेता नेपालसँग भएको छलफलबारे निकटस्थहरुलाई बताए । देउवाले नेताहरुलाई बताएअनुसार नेपालले विश्वासको मत दिनेमा कुनै शंका छैन । देउवासँगको भेटमा नेपालले आफूहरु नयाँ पार्टी गठन प्रक्रियामा अगाडि बढिसकेको कारण बिश्वासको मत दिएर एमालेबाट अलग भएको घोषणा गर्ने जानकारी दिएका छने ।

देउवा निकट नेताका अनुसार नेता नेपालले विश्वासको मत नलिएसम्म सरकार विस्तार नगर्न आग्रह गर्दै आफूहरुसहितको राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने अवस्था आउने बताएका थिए । त्यसमा देउवाले सहमति जनाउनुभएको छ । त्यसैका लागि सरकारले माधवलाई सहज हुने गरी दल विभाजन सम्बन्धी ब्यवस्था गर्ने भएको छ ।

भेटमा माधवले पछिल्लो समय उपाध्यक्ष भीम रावलसहित कार्यदलमा रहेका सुरेन्द्र पाण्डे र गोकर्ण बिष्ट भडकिएको भन्दै जे जे आश्वाशन दिएर हुन्छ आफूतिरै रहेर बिश्वासको मत दिने बातावरण तयारका लागि मनाउनसमेत देउवालाई आग्रह गरेका छन् ।