नेकपा काठमाडौँ महानगर समितिले गर्यो केन्द्रीय कार्यालय निर्माणका लागि सहयोग

बिहिबार, ७ साउन २०७८

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीले ललितपुरमा कम्युन घर निर्माण गरिरहेको छ । पार्टीको केन्दीय कार्यालय रहने कम्युन घर निर्माणका लागि नेकपा काठमाडौँ महानगर समितिले खाध्यान्न सहयोग गरेको छ ।

काठमाडौं जिल्ला अन्तर्गत महानगर समितिको तर्फबाट पार्टीको केन्द्रीय कार्यालय निर्माणमा भैरहेको व्यवस्थापनलाई सहजीकरण गर्नका निमित्त खाध्यान्न लगायतका समाग्रीहरु सहयोग गरेको हो । समितिले १५ केजी दाल, १ बोरा चिउरा, ३ प्याक माक्स, ४ पोका दालमोट, ३ लिटर तेल, ४ प्याक मस्यौरा, २ पेटी चाउचाउ, १० पोका नुन, २ प्याक बिस्कुट, २ केजी चिनी, १ प्याकेट जिरा, १ प्याकेट बेसार हस्तान्तरण गरेको हो ।

महानगर इन्चार्ज कमरेड अविरल साध्यान्न सामाग्री हस्तानतरण गरेका थिए भने केन्द्रीय कार्यालय निर्माण कार्यको व्यबस्थापक कमरेड बिपिनले ग्रहण गरेका थिए । महानगर समितिले विभिन्न ठाउँबाट समान जुटाएर केन्द्रीय कार्यालयलाई सहयोग गरेको हो ।